माओवादी बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री विजयी,पदाधिकारी कसले कति मत ल्याए (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल विजयी भएका छन् ।

सहमतिबाट नेतृत्व चयन गर्न असमर्थ भएपछि भएको निर्वाचनमा पौडेल विजयी भएका हुन् । सोमबार भएको मतदानमा पौडेलले १६२ मत ल्याए । उनका प्रतिष्पर्धी दिनानाथ गौतमले ८६ मत मात्र ल्याए ।

त्यस्तै तीन वटा पद रहेको उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी विजयी भएका छन् । उपाध्यक्ष पदमा १० जना उम्मेदवार रहेका थिए । यता सचिव पदमा इन्द्र बहादुर थिङ निर्वाचित भएका छन् ।

तीन पद रहेको सहसचिव पदमा दलबहादुर बुर्लाकोटी, माधव प्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगीता भट्टराई निर्वाचित भएकी छन् ।

  • ६ पुष २०७८, मंगलवार ०८:५८ प्रकाशित