प्रधानमन्त्री शाहले राष्ट्रको नाममा सम्बोधन गर्दै

केन्द्रभाग मिडिया

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रको नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।उनले आजै राष्ट्रका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

सुनसरीमा घटेको घटनापछिको परिस्थितिमा प्रधानमन्त्री शाहले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् । अहिले सम्बोधनको तयारी भइरहेको छ ।

मधेशका विभिन्न जिल्लामा धार्मिक सद्भाव भड्किँदा पनि प्रधानमन्त्रीले अभिभावकत्वको महशुस नगराएको भन्दै आज संसदमा सांसदहरुले प्रश्न उठाएका थिए ।

मधेश अशान्त बनेपछि आजै गृहमन्त्री सुधन गुरुङ सुनसरी जान लागेको बताइएको छ ।सुनसरी जानु अघि गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भेट गरेका छन् । भेटमा गृहमन्त्रीले सुरक्षा प्रमुखहरुले सुनाएको रिर्पोटबारे सुनाएका थिए ।

उनलाई प्रधानमन्त्रीले स्थिती सम्हाल्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

  • १४ श्रावण २०८३, बिहीबार १७:१८ प्रकाशित