हिंसा भड्किएपछि सुनसरीको कप्तानगञ्ज जादैं गृहमन्त्री गुरुङ

केन्द्रभाग मिडिया

काठमाडौं ।

सुनसरीसहित मधेसका विभिन्न जिल्लामा हिंसा भड्किएपछि गृहमन्त्री सुधन गुरुङ सुनसरीको कप्तानगञ्ज जाने भएका छन् । आज बिहीबार साँझ विराटनगर विमानस्थल हुँदै मन्त्री गुरुङ सुनसरीको कप्तानगञ्ज जान लागेका हुन् ।

उनीसँगै स्वस्थ्यमन्त्री निशा मेहता पनि त्यसतर्फ जान लागेको बुझिएको छ । गुरुङ गोली लागी ज्यान गुमाएका कप्तानगञ्जका ओमप्रकाश मेहताको घर पुगेर त्यसपछि सिराहा जाने कार्यक्रम रहेको बुझिएको छ ।

  • १४ श्रावण २०८३, बिहीबार १७:०५ प्रकाशित