काठमाडौं ।
जनकपुरमा दुई पक्षको बिचमा झडप हुन खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । जनकपुर उपमहानगरपालिका–८ स्थित पगलाबाबा धर्मशाला नजिक भेला भएका करिब ५ सय जना प्रदर्शनकारीलाई हटाउन प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।
धर्मशालामा करिब ४१ सेल अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एक जना अधिकृतले जानकारी दिए । जनकपुरमा २ जना आन्दोलनकारी घाइते भएका छन् ।
झडप नियन्त्रणमा लिने क्रममा ३ जना प्रहरी पनि घाइते भएका छन् । हिन्दु धर्मावलम्बीहरू धर्मशालामा जम्मा भएर सोही ठाउँको मुस्लिम बस्तीमा प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो ।












