काठमाडौं ।
आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका प्रतिनिधिमण्डल तथा एजेन्डाबारे निर्णय गर्ने सम्भावना छ।प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन प्रस्थान गर्ने तयारी भए पनि यसको औपचारिक निर्णय गर्न बाँकी छ।