पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३५ रुपैयाँ २३ पैसा छ ।
आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ३० पैसा र बिक्रीदर १७० रुपैयाँ ०६ पैसा रहेको छ । यस्तै युरो एकको खरिदर १४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ११ पैसा छ ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८ रुपैयाँ ७९ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०० पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ९३ पैसा र बिक्री दर ३७ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा रहेको छ ।