आज सेयर बजार परिसूचक ३३ अंकले बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

मंगलबार सेयर बजार परिसूचक ९नेप्से० ३३ अंकले बढेको छ । १।२३ प्रतिशतले बजार बढ्दा परिसूचक २७१६।६६ बिन्दुमा उक्लिएको छ ।

आज २११ कम्पनीको मूल्य बढ्यो । यसमध्ये ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड आईडीआई मार्दी र कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लाग्यो । मंगलबार मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९।६२ प्रतिशतले बढ्यो ।

आज १ करोड ४२ दाख ९२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार नेप्सेका सबै उपसमूहको सूचक बढेको छ ।

  • ११ मंसिर २०८१, मंगलवार १५:२० प्रकाशित