पोखरा ।
सूर्यदर्शन सहकारी ठगीसहित तीनवटा अभियोगमा अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि आज (मंगलबार) काठमाडौं लगिँदै छ ।
उनलाई अहिले विहान बुद्ध एयर मार्फत काठमाडौं लगिन लगेको प्रहरी उच्च स्रोतले बताएको छ । कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौं लगिन लागेको हो ।
काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना प्रकरण अनुसन्धानका लागि उनको बयान लिइनेछ । बयान गराएर फेरि पोखरामै ल्याइने छ ।
त्यसपछि उनलाई चितवनस्थित सहकार बचत तथा सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा बयानका लागि लगिनेछ । यस अघि उनलाई सुप्रिम सहकारीको बचत हिनामान प्रकरणको अनुसन्धानका लागि रुपन्देही लगिएको थियो ।