पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघमा गोविन्द गौतम

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघको अध्यक्षमा गोविन्द गौतम निर्वाचित भएका छन् । संघको शनिबार राति सम्पन्न ३१ औं साधारणसभा एवं १२ औं निर्वाचन कार्यक्रमबाट गौतमको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । अध्यक्षमा तीनजनाको प्रतिस्पर्धा भएकोमा गौतमका निकटतम प्रतिस्पर्धी प्रकाश बास्तोलाले ३९ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी मिलन गोरखालीले २१ मत ल्याए ।

संघको प्रथम उपाध्यक्षमा ध्रुव पोखरेल, दृतिय उपाध्यक्ष सञ्जय आचार्य, सचिवमा राम प्रसाद सुवेदी, कोषाध्यक्षमा प्रकाश प्रसाद पोखरेल र सहसचिवमा दीपेन्द्र पोखरेल सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी सदस्यमा विभिषण तिमिल्सिना, अर्जुन खनाल, सन्तोष अधिकारी, इश्वर पौडेल, मनिषा बस्नेत परियार, हरि खनाल, विजय सपकोटा, देविमायाँ दवाडी र ज्ञान प्रसाद पाठक निर्वाचित भएका छन् ।

संघको लेखा समिति संयोजकमा गिता अधिकारी, सदस्यमा टिकाराम बास्तोला र सुजित गौतम निर्वाचित भएका निर्वाचन समितिका संयोजक ऋषिराम शर्मा भण्डारीले जानकारी दिए ।

  • ९ मंसिर २०८१, आईतवार ०७:०२ प्रकाशित