अब प्रविधिमैत्री नभए व्यवसायमा सफलता मिल्दैन : मेयर आचार्य

केन्द्रभाग मिडिया

oplus_0

पोखरा ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले अब प्रविधिमैत्री नहुने हो भने व्यवसायमा सफलता प्राप्त हुन नसक्ने बताएका छन् ।   पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघ कास्कीको १३ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

पुस्तक तथा स्टेसनरी व्यवसाय सम्मानित र प्रतिष्ठित व्यवसाय रहेको भन्दै उनले आफू पनि यही व्यवसायबाट अगाडि बढेको स्मरण गरे ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी महासंघका महासचिव विष्णु पौडेल, गण्डकीका अध्यक्ष कृष्णप्रसाद पोखरेल, पूर्वअध्यक्ष प्रेमबहादुर श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, सल्लाहकार ऋषिराम शर्मा  भण्डारी, मसलन्द तथा शैक्षिक सामग्री उत्पादन संघका केन्द्रीय सदस्य कृष्णराज ढुंगाना, कलम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मनोहरी  सापकोटा, हिसान कास्कीका अध्यक्ष दिवाकर जैशी, फेन्सी तथा रेडिमेट व्यवसायी संघ कास्कीका अध्यक्ष एकनारायण पंगेनी साधारणसभाकाे सफलताको शुभकामना व्यक्त गरे ।

पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघ कास्कीका अध्यक्ष  कविन्द्र पोखरेल अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघका उपाध्यक्ष  उपाध्यक्ष ध्रुव पोखरेल, सचिव सञ्जय आचार्य  र सहसचिव रामप्रसाद सुवेदी  लगायतले बोलेका थिए ।

साधारण सभाको अबसरमा तीनजना अग्रज व्यवसायी सावित्री कोइराला गौतम, गुप्त प्रसाद शर्मा र राजेन्द्र  घिमिरे र पत्रकार आरजु विष्ट सल्यानीसहित संघलाई बिभिन्नढंगले सहयोग गर्ने व्यक्तित्वलाई समेत सम्मान गरिएको थियो ।

साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।

  • ८ मंसिर २०८१, शनिबार १२:३२ प्रकाशित