एआईजीद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रहरीको जनपद समूहतर्फ एआईजीमा पदोन्नति भएका बुद्धिराज गुरुङ र केदार ढकाललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आईजीपी बसन्त कुँवरले शुक्रवार प्रहरी हेडक्वार्टरमा आयोजित समारोहमा उनहिरुलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको थियो । बुद्धिराज गुरुङलाई प्रधान कार्यालय स्थित कार्य विभाग र ढकाललाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ ।

  • ७ मंसिर २०८१, शुक्रबार १७:०१ प्रकाशित