काठमाडौं ।
सहमतिबाट नेतृत्व छान्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गर्नका लागि माओवादी बागमती प्रदेशको बैठक बस्दैँछ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व चयनमा सहमति नभएपछि निर्वाचन गर्न निर्देशन दिएसँगै बैठक आह्वान भएको हो । आज मध्यान्ह बस्न लागेको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउनेबारे छलफल गर्नेछ ।
नेतृत्व चयनका लागि पूरै प्रतिनिधिबाट भोटिङ हुने नभइ निर्वाचित कार्यसमितिका सदस्यहरुबीचबाट भोटिङ हुने जनाइएको छ ।
कार्यसमिति यसअघि नै प्रतिनिधिबाट चयन भइसकेकाले अध्यक्षसहितको ९ जनाको पदाधिकारी निर्वाचनमार्फत चुनिने भएको छ ।
निर्वाचनबाट अध्यक्षसहित तीन जना उपाध्यक्ष, एक सचिव, ३ सहसचिव र कोषाध्यक्ष निर्वाचित हुनेछन् । अध्यक्षमा काभ्रेका दीनानाथ गौतम, सिन्धुपाल्चोकका सरल सहयात्री, नुवाकोटका हिरानाथ खतिवडा, डीपी ढकाललगायतले प्रतिष्पर्धा गर्नेछन्।