पोखरा ।
खुमा अर्याल फाउन्डेसनले आफ्नो छैठौं स्थापना दिवसको अबसरमा बुधबार विभिन्न कार्यक्रम गरेको छ । शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुदका क्षेत्रमा सक्रिय खुमा अर्याल फाउण्डेशनले खेलाडीलाई सम्मान, रक्तदान र निशुल्क स्वास्थ्य शिविरसहितका कार्यक्रम गरेर आफ्नो स्थापना दिवस मनाएको हो । गण्डकी मेडिकल कलेज पोखरा र जिल्ला रेडक्रस सोसाइटी स्याङ्जासंग सहकार्य गरी खुला रक्तदान तथा विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिबिर एवं खेलाडीहरुलाइ सम्मान कार्यक्रम गरिएको हो ।
भिरकोट ७ बलमाटा स्थित कालिका सामुदायिक क्याम्पसमा आयोजना गरिएको कार्यक्रममा ४५ पिन्ट रगत संकलन भएको छ भने ६६६ जनाले स्वास्थ्य लाभ लिएका फाउण्डेसनले जनाएको छ । शिविरमा गण्डकी मेडिकल कलेज पोखराका विशेषज्ञ डाक्टरहरु द्वारा जनरल ओपिडी सेवा, मानसिक स्वास्थ्य सेवा, नाक कान घाँटी रोग सेवा, स्त्री रोग सेवा, हाड जोर्नी तथा नसा रोग सेवा, दन्त रोग परिक्षण, पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग सेवा, प्रयोगशाला परिक्षण, इसिजी, भिडियो ए-क्सरे सेवा, मुटुको भिडियो एक्सरे (इको) सेवा, फार्मेसी सेवा विशेषज्ञहरु बाटै प्रदान गरिएको थियो । स्वास्थ्य शिविरमा भिरकोट र पुतलीबजार तथा अर्जुनचौपारी गाउँपालिकाका बिरामीहरु लाभान्वित भएका छ्न ।
यसैगरी युएईमा सञ्चालित एसिया छनोटको उपाधि बिजेता एवं सन् २०२५ मा मलेसियामा हुने विश्वकप खेल खेल्नको लागी इतिहास रचेका खेलाडीहरु मध्ये स्याङ्जाका ३ महिला क्रिकेटरलाई जनही एक एक लाख नगदसहित सम्मान पत्र र दोसल्लाले सम्मान गरेको छ । सम्मानित हुनेमा स्याङ्जा पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी, १३ का सीमाना केसी, कुसुम गोदार रहेका छन् । उक्त अबसरमा स्याङ्जा जिल्ला क्रीकेट संघका अध्यक्ष दिवाकर थापालाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला क्रीकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापाले खुमा अर्याल फाउन्डेसनले जिल्लाका खेलाडीहरुलाई बिगतमा पनि विभिन्न सहयोग गर्दै आइरहेको स्मरण गरे । जस्ले गर्दा स्याङ्जा क्रिकेटलाई अगाडि बढाउन सहयोग मिलेको उनको भनाई थियो । अहिलेको यो सहयोगले बिस्वकप खेलेर उपाधि जित्ने हाम्रो उद्देश्यलाई थप उर्जा मिलेको र खेलाडीहरुको हौसला पनि बढेको उनले बताए ।
फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्मा, बिशिस्ट अतिथि खुमा प्रसाद अर्याल तथा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य राजु थापाले फाउन्डेसनले खेलाडीलाई प्रदान गरिएको चेक संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा स्याङ्जा जिल्ला समन्वय समिती प्रमुख प्रसाद जिटी, पुतलीबजारका नगर प्रमुख तुलसीराम रेग्मी, अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारी, पत्रकार महासघ स्याङ्जा अध्यक्ष श्रीकृष्ण सिग्देल, सस्थाको अभिभावक डा. लुना अर्याल, कालिका पुस्तकालय अध्यक्ष श्यामप्रसाद अर्याल, प्रमुख अतिथि सांसद राजु थापा लगायतले फाउन्डेसनले गरेको सामाजिक कार्यहरू प्रती धन्यवाद प्रकट गरे । कार्यक्रमको बारेमा सस्थाका उपाध्यक्ष शालिकराम र सचिब ध्रुब शर्माले जानकारी गराएका थिए ।