पूर्वडीआईजी छविलाई अनुसन्धानका लागि काठमाडौं लगियो

केन्द्रभाग मिडिया

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पूर्वडीआईजी छविलाल बन्जाडे जोशीलाई प्रहरीले पोखराबाट काठमाडौँ लगेको छ ।

जोशीलाई मंगलबार बेलुका काठमाडौँ पुर्‍याइएको हो ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी नवराज अधिकारीको अनुसार आज उनको बयान लिन सुरु गरिनेछ ।

जोशी पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा थिए।उनको बयान सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि काठमाडौँ लाने तयारी प्रहरीले गरेको छ।

लामिछाने पनि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा छन्।

  • ५ मंसिर २०८१, बुधबार १०:१५ प्रकाशित