पोखरामा आज यस्तो छ तरकारीको मूल्य (हेर्नुस सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार पोखरामा डल्ले च्याउको भाउ सबैभन्दा मंहगो छ । आज डल्ले च्याउ प्रति के.जी ४०० रुपैयाँ रहेको छ ।

यद्यपि अकबरे खुर्सानीको भाउ च्याउ भन्दा मंहगो छ ।अकबरे खुर्सानी के.जीको ३०० रुपैयाँ देखि ५०० रुपैयाँ रहेको छ । आज सानो गोलभेडाँ ८२ रुपैयाँ देखि ९१ रुपैयाँ के.जी सम्म मण्डीबाट किनबेच भएको छ । ठुलो गोलभेडाँ भने ८० रुपैयाँ देखि १०० रुपैयाँ सम्म किनबेच भएको छ ।

यस्तै आज पोखरामा काउली ८० रुपैयाँदेखि १४० रुपैयाँसम्म र बन्दा के।जीको ६० देखि ७० रुपैयाँसम्म किनबेच भएको छ ।पोखराको शान्तिबन स्थित मन्डीमा सबै भन्दा सस्तो तरकारी स्कुस रहेको छ । स्कुस के.जीको ३० रुपैयाँ देखि ४० रुपैयाँ सम्म किनबेच भएको छ । चिचिंडा ६० रुपैयाँ देखि ८० रुपैयाँ सम्म रहेको छ भने हरियो फर्सी ८० देखि १०० रुपैयाँ छ ।

आज प्याज प्रति के.जी १०० देखि १३० रुपैयाँसम्म मण्डीबाट किनबेच भएको छ । पोखरामा आज रातो र सेतो दुवै आलुको भाउ प्रति के.जी ६० देखि ६५ रुपैयाँ रहेको छ ।

यस्तै घिरौला १२० रुपैयाँ देखि १५० रुपैयाँ सम्म के।जी छ ।गाजर १५० देखि २०० रुपैयाँ सम्म केजी रहेको छ । रायोको साग ३५ देखि ५० रुपैयाँ मुठा छ ।

मासु तथा फलफुलको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस ।

  • ५ मंसिर २०८१, बुधबार ०८:५६ प्रकाशित