चिसो बढ्‍योः यी प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना, तराईमा हुस्सु/कुहिरो

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो केही दिनदेखि दिनदिनै चिसो बढिरहेको छ । हाल देशमा उल्लेख्य मौसमी प्रणाली छैन ।

यद्यपी पहाडी भू–भागहरूमा आंशिक बदली रहेको मौसम विज्ञान विभागले जनाएको छ। बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशका पहाडी भूभागमा आशिंक बदली रहने महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार सोमबार बिहान पहाडी भू–भागहरूमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सु र कुहिरो लाग्ने छ। दिउँसो देशका अधिकांश पहाडी भूभागम आंशिक बदली रहने तथा अन्यत्र मौसम सफा रहने महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको जनाइएको छ।

राति देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • ५ पुष २०७८, सोमबार ०८:५९ प्रकाशित