पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा छ ।
आज पाउण्ड एकको खरिददर १७० रुपैयाँ ८७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा रहेको छ । यस्तै युरो एकको खरिदर १४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४३ रुपैयाँ १५ पैसा छ ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८ रुपैयाँ ७१ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०४ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ९६ पैसा र बिक्री दर ३७ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रीदर ३० रुपैयाँ २७ पैसा रहेको छ ।