दुई प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

देशको तराई भू-भागका केही स्थानहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको अवस्था छ ।

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दूई स्थानमा हल्का वर्षाको सम्भावना छ । राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

 

  • १ मंसिर २०८१, शनिबार ०७:०१ प्रकाशित