काठमाडौं ।
अमेरिकी सेनाका रथी फर्किएलगत्तै भारतका दुई सुरक्षा अंगका प्रमुखहरु नेपाल आउने निश्चित भएको छ ।
भारतीय स्थल सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी र सशस्त्र सीमा सुरक्षा बल ९एसएसबी० प्रमुख अमृतमोहन प्रसाद नेपाल आउने निश्चित भएको हो । एसएसबी प्रमुख यही कात्तिक ३० गते र भारतीय स्थल सेनाध्यक्ष आगामी मंसिर ५ गते नेपाल आउन लागेका हुन् ।
नेपाली सेनाले भारतीय स्थल सेनाध्यक्षको नेपाल आगमनबारे आज प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिने छ ।नेपाल र भारतले एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन रहेकाले सोही पदवी ग्रहणका लागि भारतीय सेनाप्रमुख नेपाल आउन लागेका हुन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा नेपालको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन् ।