ओली सरकारलाई देश लोडसेडिङ मुक्त भएको पटक्कै मन परेको छैन : प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई देश लोडसेडिङ मुक्त भएको पटक्कै मन नपरेको टिप्पणी गरेका छन । देश चरम लोडसेडिङमा पुगेको बेला आफूले लोडसेडिङ मुक्त गर्नका लागि उर्जा मन्त्रीमा जनार्दन शर्मा र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकलाई आफुले नियुक्त गरको समेत प्रचण्डले उल्लेख गरे ।

शनिबार मकवानपुरको थाहा नगरपालिकाको वाईसीएलको अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले भने–‘देशमा लोडसेडिङ नभएको यो सरकारलाई मन परेको छैन । उनीहरू दलाल पुँजीपतिलाई विद्युत् महसुल तिर्न नपर्ने बनाउनका लागि र गरिब जनतालाई मात्र तिर्न बाध्य पार्न कुलमानलाई निकाल्न खोजेको निकै ठुलो चालबाजी तपाईँहरूले थाहा पाइसक्नुभएको छ । धेरै कुरा भनिराख्न आवश्यक नै छैन । एउटा प्रधानमन्त्रीले देशलाई अँध्यारोबाट उज्यालोतिर लाग्यो, अर्को प्रधानमन्त्रीलाई त्यो सह्य भएन, त्यस कारण उज्यालोबाट अँध्यारोतर्फ लान उद्यत छ ।’

अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएका बेला सरकारी जग्गा जालझेल गर्ने, आफ्नो नाममा लैजाने भूमाफियालाई गिरफ्तार गरेर कारबाहीका लागि हिरासत पु¥याएको तर अर्कोतिर तिनै व्यक्तिबाट अहिलेको प्रधानमन्त्रीले दान लिएर खुला रूपमा भ्रष्टाचारलाई संस्थागत गर्न खोजेको उल्लेख गरे ।

  • २४ कार्तिक २०८१, शनिबार १७:१३ प्रकाशित