पोखरामा आज यस्तो छ तरकारीको भाउ (मुल्य सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज गोलभेडाँको भाउ थोरै बढेको छ ।

आज साना गोलभेडाँ ७० देखि १०९ रुपैयाँसम्म मण्डीबाट किनबेच भएको छ । हिजो सानो गोलभेडाँ ७८ देखि ९६ रुपैयाँसम्म मण्डीबाट किनबेच भएको थियो । ठुलो गोलभेडाँ भने ८० रुपैयाँ देखि १०० रुपैयाँ सम्म किनबेच भएको छ ।

पोखरामा आज रातो र सेतो दुवै आलुको भाउ प्रति के।जी ५५ देखि ६० रुपैयाँ रहेको छ ।यस्तै घिरौला १०० रुपैयाँ देखि १२० रुपैयाँ सम्म के।जी छ । यस्तै आज प्याज सुकेको १२० देखि १३० रुपैयाँ सम्म किनबेच भएको छ। गाजर १५० देखि २०० रुपैयाँ सम्म केजी रहेको छ । रायोको साग ३५ देखि ६० रुपैयाँ छ ।

 

मासु र फलफुलको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस ।

  • २१ कार्तिक २०८१, बुधबार ०९:०० प्रकाशित