विप्लवको पार्टीले उपनिर्वाचनमा भाग नलिने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा भाग नलिने भएको छ ।

तर पार्टीले उम्मेदवार नउठाए पनि देशभक्त, वामपन्थी, जनप्रगतिशील उम्मेदवारलाई समर्थन गर्ने पार्टीको नीति रहेको स्थायी समिति सदस्य कर्णजित बुढाथोकीले जानकारी दिए ।

बुढाथोकीका अनुसार उपनिर्वाचनमा भाग लिने सम्बन्धमा पार्टीले कुनै निर्णय गरेको छैन ।वैशाखमा बसेको केन्द्रीय समिति बैठकले ०८४ मा हुने आम निर्वाचनमा भाग लिने निर्णय गरेको थियो । यता विप्लवको सचिवालयले पनि उपनिर्वाचनमा भाग लिने पार्टीको नीति नरहेको बताएको छ ।

आवश्यकता अनुसार समाजवादी मोर्चामा सहभागी दलका उम्मेदवारलाई समर्थन गर्न सकिने स्पष्ट पारेको छ ।

  • २० कार्तिक २०८१, मंगलवार १३:४६ प्रकाशित