तनहुँ ।
तनहुँको बन्दीपुरमा मोटरसाइकल दुर्घटना हुदा एक जना युवाको ज्यान गुमेको छ । पृथ्वीराजमार्ग अन्तर्गत बन्दीपुर गाउँपालिका ५ याम्पाफाँटमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा महोत्तरी जलेश्वर नगरपालिका घर भई हाल व्यास नगरपालिका २ दमौली बस्दै आएका २२ वर्षीय सुमित साहको ज्यान गएको हो ।
तनहुँ प्रहरीका अनुसार साहले चलाएको बाग्मती प्रदेश २–०२–००३९९४२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा साहको घट्नास्थलमै मृत्यु भएको हो । मोटरसाइकल र चालक सडकदेखि करिब १५ मिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए ।












