आज पोखरामा सबैभन्दा सस्तो तरकारी स्कुस, डल्ले च्याउ ४०० रुपैयाँ के.जी, अन्य तरकारीको मुल्य कति ? (मुल्य सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज पोखरामा सबै भन्दा सस्तो तरकारीमा स्कुस र मंहगोमा डल्ले च्याउ रहेको छ ।

स्कुस केजीको ३० रुपैयाँ देखि ४० रुपैयाँ सम्म मण्डीबाट किनबेच भएको छ । भने आज डल्ले च्याउ ४०० रुपैयाँमा किनबेच भईरहेको छ ।
आज सानो गोलभेडाँ केजीको ११४ रुपैयाँ देखि १३९ रुपैयाँसम्म किनबेच भइरहेको छ । औसत मुल्य भने १२६ रुपैयाँ ५ पैसा रहेको छ। आज ठुलो गोलभेडाँ १०० रुपैयाँदेखि १३० रुपैयाँसम्म केजी रहेको छ ।

आज प्याज के.जीको १०० देखि १२० रुपैयाँ रहेको छ ।आज रातो र सेतो दुवै आलु प्रति केजी ५५ देखि ६५ रुपैयाँ रहेको छ । यस्तै घिरौला १०० देखि १२० रुपैयाँ सम्म किनबेच भएको छ । यस्तै गाजर अधिकतम १८० र न्युनतम १५० रुपैयाँ प्रति केजी रहेको छ । रायोको साग ५० देखी ६० रुपैयाँ मुठा रहेको छ ।मुला ५० देखि ६० रुपैयाँ केजी रहेको छ ।

 

फलफुल र मासुको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस ।

  • १४ कार्तिक २०८१, बुधबार ०९:०४ प्रकाशित