यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज हिजो घटेको युरोको भाउ आज पुन बढेको छ । आज युरो एकको खरिददर १४५ रुपैयाँ २१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८६ पैसा रहेको छ ।

हिजो युरो एकको खरिददर १४४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५६ पैसा थियो। आज डलर एकको खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा छ ।

यस्तै पाउण्ड एकको खरिदर १७४ रुपैयाँ २१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९९ पैसा रहेको छ । १० जापानी येनको खरिददर ८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८ रुपैयाँ ८३ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ८२ पैसा र बिक्री दर ३६ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ७८ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा रहेको छ ।

  • १३ कार्तिक २०८१, मंगलवार ०९:१८ प्रकाशित