आज युरोको भाउ घट्यो, डलरको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार युरोको भाउ घटेको छ ।

आज युरो एकको खरिददर १४४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५६ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९३ पैसा थियो। आज डलर एकको खरिददर १३४ रुपैयाँ २४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८४ पैसा छ ।

यस्तै पाउण्ड एकको खरिदर १७४ रुपैयाँ ०० पैसा र बिक्रीदर १७४ रुपैयाँ ७८ पैसा रहेको छ । १० जापानी येनको खरिददर ८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८ रुपैयाँ ८५ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ८२ पैसा र बिक्री दर ३६ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा रहेको छ ।

  • १२ कार्तिक २०८१, सोमबार ०९:४१ प्रकाशित