भोलिदेखि गण्डकी प्रादेशिक पुष्प मेला

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा तिहार तथा छठको अबसरमा पुष्प मेला हुनेभएको छ । फ्लोरिकल्चर एशोसिएसन कास्कीले आठौं संस्करणको गोदाबरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशिक पुष्प मेला–२०८१ पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा गर्दैछ । भोलि (१२ कात्तिक) देखि १६ कात्तिकसम्म मेला गरिने फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति कास्की रामप्रसाद सुवेदीले जानकारी दिए ।

उनका अनुसार मेलामा २३ वटा प्रदर्शनी कक्ष राखिने छ । तीमध्ये व्यावसायिक २०, कृषि सामग्रीका २ र सूचनामूलक १ स्टल रहने छन् । २०६२ सालमा कास्कीमा स्थापना भई पुष्प व्यावसायिक विकास विस्तार तथा प्रवद्र्धनमा फान कास्की क्रियाशील छ ।

प्रदर्शनीको करिब २० हजार जना दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजक समितिको अपेक्षा छ । फान कास्कीमा हाल ३९ जना कृषक आबद्ध छन् ।

‘सुन्दर नगरी पोखराको पहिचान, व्यावसायिक प्रवद्र्धनमा गोदावारीको सान’ भन्ने नारा तय गरिएको छ । मेलामा पोखरामा स्थानीयहरुले उत्पादन गरेको फूल समेत व्यवसायीले सिधै बेच्न पाउने व्यवस्था मिलाइएको जानकारी दिइएको छ ।

  • ११ कार्तिक २०८१, आईतवार ०८:०३ प्रकाशित