सुनको सिक्री र घडी चोरी गरेको आरोपमा दुई पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
गत कात्तिक एक गते पोखराको न्युरोडमा भएको चोरीमा संलग्न दुईजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा भिमसेन गाउँपालिका ६ स्थायी वतन भई हाल पोखरा १५ घलेचोक बस्ने ३९ वर्षिय राम बहादुर नेपाली र सोही ठाउँ बस्ने २६ वर्षिय गोमा गुरुङ रहेका छन ।

गत कात्तिक १ गते पोखरा न्युरोड बस्ने भिम बहादुरको कोठाबाट सुनको सिक्री एक थान, क्यासियो घडी १ थान र नगद समेत चोरी भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले नेपाली र गुरुङको कोठाबाट चोरी भएको सुनको सिक्री दुई टुक्रा पारिएको अवस्थामा १ थान, क्यासियो घडी १ थान र विभिन्न कम्पनीका मोवाइल ३ थान समेत बरामद गरेको र उनीहरुलाई चोरी सम्बन्धी कसुरमा अनुसन्धान अगाडी बढाइएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

  • ९ कार्तिक २०८१, शुक्रबार १९:२३ प्रकाशित