माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई दियो २५ लाख रुपैयाँ

केन्द्रभाग मिडिया

 

पोखरा ।
माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ प्रदान गरेको छ । केही समय अगाडि आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकले सहायता स्वरुप सो रकम सहयोग गरेको हो ।

बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका अध्यक्ष रोशन के.सी.ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा बैंक व्यवस्थापनका उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

२३ वर्ष अघि पोखरामा क्षेत्रीय बैंकको रुपमा स्थापित भएको माछपुच्छ्र् बैंक ग्राहकको अगाध माया र अटुट विश्वास, नियमकारी निकायको मार्गदर्शन, सेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनिय योगदानको फलस्वरुप आजको दिनमा आइपुग्दा व्यावसायिक बैंकहरुमा अब्बल बैंकको रुपमा स्थापित हुन सफल भएको बैंकले बताएको छ ।

  • ६ कार्तिक २०८१, मंगलवार ०८:४६ प्रकाशित