प्रदर्शनका बावजुद प्रहरीले रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे

केन्द्रभाग मिडिया

पोखरा ।
सहकारी ठगी आरोपमा पक्राउ परेका रवि लामिछानेलाई कास्की प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराइएकाे छ । रास्वपाका कार्यकर्ताका प्रदर्शनको बावजुद कास्की प्रहरीले घुमाउरो बाटोेको प्रयोग गर्दै १ बजेर २४ मिनेटमा कास्की जिल्ला अदालत उपस्थित गराएको हो ।

सहिदचोकमा प्रदर्शनकारीको समुहले सडकनै अवरोध गरी प्रदर्शन गरेतापनि कास्की प्रहरीले लामिछानेलाई जिरो किमी, हल्लनचोक, लेकसाइड हुदै वडा प्रहरी कार्यालय कास्कीको अगाडी रहेको जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो ।

  • ४ कार्तिक २०८१, आईतवार १३:३० प्रकाशित