युक्रेनको राजधानी किभमा रुसको हमला : १३ जनाको ज्यान गयो, ४० घाइते

केन्द्रभाग मिडिया

काठमाडौं ।

रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको ज्यान गएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्।

युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ।

युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ।यस हमलाबाट एउटा बालबालिकाको अस्पताल र विद्यालयमा पनि क्षति पुगेको छ।

एयर डिफेन्स मिसाइलको कमीका कारण यी मृत्युहरू भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। युक्रेन आफ्नो एयर डिफेन्सका लागि पश्चिमी देशहरूबाट मिल्ने मिसाइलहरूमा निर्भर छ।

  • ४ भाद्र २०८३, बिहीबार १७:०३ प्रकाशित