टीआरसीः सर्च कमिटीलाई पूर्णता दिन शीर्ष नेताहरु सहमत

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बिहिबार बसेको तीन दलको बैठकले सत्य निरुपण र वेपत्ता आयोगका पदाधिकारी सिफारिसका लागि गठित सर्च कमिटीलाई पूर्णता दिने कुरामा सहमति जनाएका छन ।

बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनबारे छलफल भएको छ । संसदले टीआरसी विधेयक संशोधन भइसकेपनि दुबै आयोग पदाधिकारीबिहीन छन् । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति समेत गठन भएको थियो । तर राष्ट्रिय मानवअधिकार आयोगले सदस्य नपठाएपछि सिफारिस समिति (सर्च कमिटी)ले पूर्णता पाउन सकेको थिएन ।

तीन दलका शीर्ष नेताहरुबीच सर्च कमिटीलाई पूर्णता दिने सहमति भएको र अब सरकारले आयोगले सदस्य पठाउन आग्रह गर्ने छलफलमा सहभागी माओवादी उपमहासचिव शक्ति बस्नेतले बताए ।
महान्यायाधिवक्ता रमेश बढालले पनि प्रक्रिया अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको जानकारी दिए ।

  • १ कार्तिक २०८१, बिहीबार १६:०४ प्रकाशित