पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ १७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ७७ पैसा छ ।
यस्तै पाउण्ड एकको खरिदर १७५ रुपैयाँ ५० पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा रहेको छ । युरो एकको खरिददर १४६ रुपैयाँ २४ पैसा बिक्रीदर १४६ रुपैयाँ ८९ पैसा रहेको छ । १० जापानी येनको खरिददर ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९ रुपैयाँ ०३ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ८० पैसा र बिक्री दर ३६ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ ।















