देशभर १९ हजार ५ सय बढी डेङ्गुबाट सङ्क्रमित

केन्द्रभाग मिडिया

काठमाडौं ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)को पछिल्लो तथ्याङक अनुसार देशभर डेङ्गु संक्रमितको संख्या १९ हजार ५ सय ९९ पुुगेको छ । तीव्र रुपमा फैलिरहेको डेङ्गु संक्रमणबाट हाल सम्म ९ जनाले ज्यान गुमाइसकेका छन ।

डेङ्गु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेङ्गु सङ्क्रमण सबैभन्दा बढी काठमाडौंमा फैलिएको छ । काठमाडौंमा डेङ्गु सङ्क्रमणबाट हालसम्म ३ हजार १ सय ३ जना प्रभावित बनेका छन भने कास्कीमा २ हजार ८ सय ४७ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।

यस्तै तनहुँमा २ हजार १ सय ७, पर्वतमा १ हजार ५ सय ६२, चितवनमा ९ सय ७१, ललितपुरमा ८ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा ६ सय १०, भक्तपुरमा ३ सय ५५ तथा स्याङ्जामा ३ सय ३५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।

विसं २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएकामा २० जनाको ज्यान गएको थियो ।

  • ३० आश्विन २०८१, बुधबार ०८:४६ प्रकाशित