काठमाडौं ।
रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या १ हजार ३२५ पुगेको छ । नेपाल प्रहरीको अनुसार ५२२ पुरुष, ३२१ महिला र आंशिक अंग ४८२ जनाको शव भेटिएको हो ।
पहिचान नभएका १ हजार ३० शव जमिनमुनि व्यवस्थापन गरिएको छ । प्रहरीका अनुसार स्वदेशी र विदेशी गरी ८ हजार ८९८ जना सम्पर्कविहीन छन् ।
अहिलेसम्म १२६० मृतकको डीएनए संकलन गरिएको छ । त्यस्तै मृतकका आफन्त ८४६ जनाको डीएनए संकलन गरिएको प्रहरीले जानकारी दिएको छ ।















