पोखरा ।
आज दसैंको टीकाको तेस्रो दिन । आज पनि देश तथा विदेशमा रहेका नेपालीहरुले मान्यजनको हातबाट टीका ग्रहण गर्ने क्रम जारी छ । टीका लगाउनका लागि मान्यजनका घरसम्म आउने जाने क्रम जारी छ ।
दशमी देखि पूर्णिमासम्म टीका लगाउने क्रम चल्छ । पश्चिमाञ्चलका केही जिल्लामा भने दसैंको टीकाको दिनमात्र टीका लगाउने चलन छ । पश्चिमका अर्घाखाची, गुल्मीसहितका जिल्लामा दशमी पछिका दिनमा गैह्र ब्रह्रमाण समुदायले मात्र टीका लगाउने गरेका छन् ।
पूर्वमा भने ब्रह्रमाण लगायत सबै समुदायले टीका लगाउने चलन छ ।














