पोखरा र भैरहवामा हिमालय एयरलायन्सले उडान भर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

निजी वायुसेवाका साना विमानमा यात्रुको चाप तथा टिकट सहजै नपाइने भएपछि काठमाडौंबाट पोखरा र भैरहवामा हिमालय एयरलायन्सले पनि उडान गर्ने भएको छ ।

हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दसैँअघि उडान गर्ने योजना रहेको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलायन्सलाई अनुमति जारी दिए उडान भर्न सकारात्मक रहेको हिमालयका प्रशासनिक उपाध्यक्ष श्रेष्ठले बताए ।

हिमालयले यात्रुको माग अनुसार यी दुई रुटमा १ सय ८० सिटको न्यरोबडी वा १ सय १४ सिट क्षमताको एयरबस ए–३१९ मध्ये कुनै पनि प्रकारको जहाज पठाउन सकिने जनाएको छ ।

पर्यटन राज्यमन्त्री अरुण चौधरीले गएको साता भएको बाढी पहिरोले सबै जसो राजमार्ग अवरोध गरेका कारण नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सका न्यरोबडी विमान पठाउन सरकारले पहल गरेको बताए ।

उनले हिमालयलाई पनि यात्रुको चाप अनुसार, पोखरा र भैरहवामा उडान अनुमति दिन सरकारले पहल गरिरहेको बताए ।

  • २१ आश्विन २०८१, सोमबार १०:०४ प्रकाशित