भारत र चीनसँग समान सम्बन्ध राख्नुपर्छ नारायणकाजी श्रेष्ठ

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरू कुनै पनि देशमाथिको हस्तक्षेप नचाहने बताएका छन् ।शनिबार काठमाडौंमा नेपाल–भेनेभुएला मैत्री संघको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले कुनै पनि देशले अरु देशको सार्वभौम सत्तामाथि हमला गर्न नहुने र आफूहरू पनि कुनै पनि देशमाथिको हस्तक्षेप नचाहने बताएका हुन् ।

उनले भारत र चीनसँग समान सम्बन्ध राख्नुपर्ने कुरामा जोड दिँदै विश्वका अरु देशसँग पनि नेपालले त्यही आधारमा नै सम्बन्ध कायम गर्नुपर्ने बताए । देशको स्वाधीनताका पक्षमा सधैं अडान दिने भन्दै त्यसलाई अन्य देशले अन्यथा लिन नहुने उनको भनाइ छ ।

उनले देशको भूराजनीतिक अवस्थाले उत्पन्न गरेको संवेदनशीलता र चुनौतीहरू धेरै भएकाले स्वतन्त्र परराष्ट्र नीतिको अवलम्वन गर्ने, पञ्चशीलको मान्यता र संयुक्त राष्ट्रसंघको वडापत्रलाई मूल आधार बनाएर अघि बढ्नुपर्ने बताए । त्यस्तै अन्य सहभागीहरूले नेपाल र भेनेजुएलाबीचको सम्बन्धलाई थप प्रगाढ गर्नुपर्नेमा जोड दिएका थिए ।

  • १९ आश्विन २०८१, शनिबार १६:१७ प्रकाशित