८ किलो सुनसहित २ जना भारतीय हेटौंडाबाट नागरिक पक्राउ

केन्द्रभाग मिडिया

हेटौंडा ।

८ किलो सुन सहित हेटौंडाबाट दुई जना भारतीय पक्राउ परेका छन । शनिवार बिहान प्रहरीले भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पजारवाडी बस्ने २५ वर्षिय अभिषेक अजिनाथ कुनी र २७ वर्षीय राहुल भिट्टीहाल बाडलाई हेटौंडाबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरीले हेटौंडा उपमहानगरपालिका १५ रातोमाटे चेकपोष्टस्थित पूर्व–पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको थियो । बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० रूपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

सुन तस्करीको विशेष सूचना पाएपछि प्रहरी उपरीक्षक खड्काकै कमाण्डमा प्रहरी टोली खटिएको थियो । उनका अनुसार पक्राउ परेका दुवै जनाले जनकपुरबाट पथलैयासम्म बसमा र पथलैयाबाट स्कुटरमा यात्रा गरिरहेका थिए ।

उनीहरूले सुन काठमाडौंको गौशाला पु¥याउन लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका कुटी र बाडले यसअघि ८ असोजमा २ किलो सुन काठमाडौंमा पु¥याएको समेत खुलेको छ । उनीहरूलाई हङकङबाट परिचालन गरिएको हुनसक्ने एसपी खड्काले जानकारी दिए । हङकङको गिरोहसँग ह्वाट्स एपमा कुराकानी हुने गरेको खुलेको उनले बताए ।

  • १९ आश्विन २०८१, शनिबार ११:१५ प्रकाशित