पोखरा जगदम्बाले सञ्चालनमा ल्यायो थप ४ सुबिधा सम्पन्न बस (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।

देशको पर्यटकीय राजधानी पोखरालाई केन्द्र मानेर देशभर सेवा दिइरहेको पृथ्वी राजमार्ग बस सञ्चाक कम्पनीमा आवद्ध पोखरा जगदम्बा ट्राभल्सले थप चार वटा सोफासहित एसी लगायतका सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ । काठमाडौंका लागि दुई वटा र पूर्वतर्फ धरान, विराटनगर र काकडभिट्टामा सेवा दिनेगरी थप बस सञ्चालनमा ल्याएको हो ।

थपिएका बसको प्रतिनिधिसभा सदस्य दामोदर बैरागीले शुक्रबार बिहान एक कार्यक्रमका बीचमा सुभारम्भ गरेका हुन् । सोफा, एसीसहितको सुविधायुक्त उक्त बसका यात्रुले कृयू, कफी, खाजा र पानीसहितका सुविधा प्राप्त गर्नेछन् । थप गरिएका बसका यात्रुले पोखरा काठमाडौं यात्रा गर्दा १६ सय रुपैयाँ भाडा तिर्नुपर्नेछ । पोखराबाट कोशी प्रदेश तर्फ जाने बसमा भने खाजा, पानी लगायतका सुबिधा भने नदिइएको उनले जानकारी दिए ।

थपिएका बसको पोखरामा डेमो समेत प्रदर्शन गरिएको छ । डेमो यात्रा समेत गरेका प्रतिनिधिसभा सदस्य दामोदर बैरागीले पर्यटकीय राजधानी घोषणा भइसकेको पोखरामा यस्ता खालका बसले थप आकर्षण थपेको बताए ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले पोखराबाट देशका भिभिन्न ठाउँमा पुग्ने सुविधा सम्पन्न यात्रुबहाक बस थपिने क्रम जारी रहेको जानकारी दिए ।

बिगत ६ वर्ष अघिदेखि पोखरा काठमाडौं र पोखरा दिल्ली लक्जरी बस सञ्चालन गर्दै आएको जगदम्बा ट्राभल्सले गत बर्ष चौथो संस्करणको सुपर भिआइपी लक्जरी बस सञ्चालनमा ल्याएको थियो भने अहिले पाँचौं सस्करणमा नयाँ बस सञ्चालनमा ल्याएको हो ।

२९ सिट क्षमता रहेको बसका यात्रुका लागि पोखरा काठमाडौंको भाडादर २५ सय तय गरिएको छ । जगदम्बा कम्पनीले मोर्डन ईरा टुर्स एण्ड ट्राभल्स मार्फत पोखरा दिल्ली लक्जरी बस सञ्चालन गर्दै आइरहेको छ ।

यात्रुलाई रोजे अनुरुप, २५ सय भाडादेखि १६०० र एक हजारमा यात्रा गर्ने सुविधा आफूहरुले दिएको सञ्चालक अधिकारीले बताए । उनका अनुसार दिपावलीको अवसरमा पोखराबाट भारतको विहार राज्यको राजधानी पटनामा समेत दुई वटा गाडि सञ्चालनको तयारी गरिएको छ ।

  • १८ आश्विन २०८१, शुक्रबार १२:२५ प्रकाशित