आज पाउण्डको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्डको भाउ बढेको छ ।

आज पाउण्ड एकको खरिददर १७९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८० रुपैयाँ १७ पैसा छ । हिजो पाउण्ड एकको खरिददर १७८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५३ पैसा थियो । डलर एकको खरिददर १३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३८ पैसा रहेको छ ।

यस्तै आज युरो एकको खरिददर १४९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५० रुपैयाँ ४२ पैसा छ । १० जापानी येनको खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा छ । भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८२ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७० पैसा र बिक्री दर ३६ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर ३२ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५९ पैसा रहेको छ ।

  • १५ आश्विन २०८१, मंगलवार १०:१९ प्रकाशित