बाढी, पहिरो र डुबानमा परेर ज्यान गुमाउनेको संख्या २१७ पुग्यो

केन्द्रभाग मिडिया

पोखारा ।

केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म ज्यान गुमाउनेको संख्या २ सय १७ पुगेको छ ।

बाढी पहिरो र डुबानका कारण २८ जना बेपत्ता छन् । १ सय ४३ जना घाइते भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको उनले जानकारी दिए ।

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको तिवारीले बताए ।

  • १५ आश्विन २०८१, मंगलवार ०८:३० प्रकाशित