अपडेट

बाढी,पहिरो र डुबानबाट ज्यान गुमाउनेको सङ्ख्या २ सय पुग्यो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

पछिल्लो बाढी पहिरो र डुबान लगायतका प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या २ सय पुगेको छ । नेपाल प्रहरीका अनुसार सोमबार साढे ३ बजेसम्मको अवधिमा बाढी पहिरोबाट निधन हुनेको सङ्ख्या २ सय पुगेको हो ।

त्यस्तै घाइते १२७ र बेपत्ता २६ जना रहेका छन् । प्रहरीका अनुसार विपतमा परेका ४२ सय २२ जनाभन्दा बढीको उद्धार भएको छ ।

  • १४ आश्विन २०८१, सोमबार १६:५७ प्रकाशित