यस वर्ष दशैंको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेट

अन्तर्राष्ट्रिय टिकाको साइत सहित

केन्द्रभाग मिडिया

काठमाडौँ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै टीकाको ‘अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरेको हो ।

नेपालमा विजयादशमीको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।भारतमा अक्टोबर १२ समय ११ः४२०, अमेरिकाको न्युयोर्कमा अक्टोबर १२ समय १०ः०१०, अस्ट्रेलियाको सिड्नीमा अक्टोबर १३ समय ११ः२१०, मेलबर्न समय ११ः२७, बेलायतको लण्डनमा अक्टोबर १२ समय १०ः२१, कतारमा अक्टोबर १२ समय ११ः०५ बजेका लागि उत्तम साइत रहेको छ ।

  • १३ आश्विन २०८१, आईतवार १५:४६ प्रकाशित