माथिल्लो तामाकोसीको बाँधक्षेत्रमा पहिरो, नेपाली सेनाका दुई जवानसहित पाँच बेपत्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँधस्थल संरचनाको लागि रहेको हेडवक्र्स नियन्त्रण कक्ष रहेको भवनमा पहिरो खस्दा परियोजनामा खटिएका नेपाली सेनाका दुई सैनिक जवान, आयोजनाका दुई कर्मचारी र एकजना सुरक्षा गाडी पहिरोमा परेर बेपत्ता भएका छन् ।

४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् परियोजनामा खटिएका नेपाली सेनाका दुई सैनिक जवान, आयोजनाका दुई कर्मचारी र एकजना सुरक्षा गाडी पहिरोमा परेर बेपत्ता भएका हुन् । शनिबार दिउँसो माथिको भीरबाट पहिरो खस्दा उनीहरू नियन्त्रण कक्षमा थिए ।

दोलखा प्रहरीले आयोजनाको हेडवक्र्स क्षेत्रमा पहिरोले क्षतिगरेको र दुई सैनिकसहित पाँचजना सम्पर्कविहीन भएको जनाएको छ । माथिल्लो तामाकोशी आयोजनाको प्रवद्र्धक कम्पनी तामाकोशी हाइड्रो पावरका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले आयोजनाका दुई कर्मचारी र ड्युटीमा खटिएका दुई सैनिक सम्पर्कविहीन भएको जानकारी दिए। उनले पहिरोले हेडवक्र्स क्षेत्रका संरचनाहरू क्षति गरेको र घटनास्थलसम्म सुरक्षाकर्मी पुग्नसमेत नसकेको बताए ।

पहिरोले बाँधस्थलनजिकै नियन्त्रण कक्ष रहेको दुईतले घर पुरेको छ भने बालुवा थिग्ग्रयाउने पोखरी ९डिस्यान्डर० र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने नहर ९कल्रभर्ट० मा पनि ठूलो क्षति पुर्याएको छ । पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुँगा र लेदो थुप्रिएको छ ।

जलासयमा पानीको बहाव उच्च भएपछि माथिल्लो तामाकोशी आयोजनाको विद्युत उत्पादनसमेत बन्द गरिएको छ । बाँधका सम्पूर्ण ढोकाहरू खुला गरिएका छन्।यसैबीच, परियोजनाले नेपाली सेनालाई पत्रचार गर्दै उद्धारको लागि अनुरोध गरेको छ । हेलिकोप्टर या अन्य उपायबाट उद्धारका लागि परियोजनाले अनुरोध गरेको हो । परियोजनाले जारी गरेको पत्रमा उद्धार कार्यमा प्रयोग हुने हेलिकोप्टरको सम्पूर्ण खर्च परियोजनाले नै व्यहोर्ने पनि उल्लेख छ ।

  • १२ आश्विन २०८१, शनिबार १७:२९ प्रकाशित