सिन्धुली ।
सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको पुल सुनकोशीले बगाएको छ । शनिबार बिहान गोलन्जोर गाउँपालिकास्थित खुर्कोट पुल बगेपछि सिन्धुली र रामेछापको सम्पर्क टुटेको छ । बाढीले मन्थली, रामेछापतर्फको एउटा स्पान बगाएको छ। अहिले सुनकोशीको जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र जोखिममा परेका छन् ।
यसैगरी सिन्धुलीको खुर्कोट बजार र मुलकोट बजारमा पनि बाढी पसेको छ । यता रामेछापको मन्थली एयरपोर्टमा पनि तामाकोशी नदीबाट बाढी पस्न थालेको छ ।












