वर्षाका कारण जनधनको क्षति

४ जनाको ज्यान गुम्यो, ७ जना बेपत्ता

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।

अविरल वर्षासँगै आएको पहिरोका कारण देशका विभिन्न स्थानमा जनधनको क्षति भएको छ । वर्षाका कारण बाढी, पहिरो र डुबानका कारण ४ जनाको जनाको ज्यान गुमेको छ भने कम्तीमा ७ जना बेपत्ता भएका छन् ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-७ मा भीम बहादुर तामाङको १ तल्ले घर पहिरोले पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको ज्यान गुमेको हो ।

उता पाँचथरको फिदिम नगरपालिका-४ स्थित भदौरेमा पहिरोले घर पुरिँदा २ जना ज्यान गुमेको छ । उनीहरूको पहिचान खुल्न सकेको छ छैन । उक्त स्थानमा नं. २ गुल्म पाँचथरबाट १० जनाको टोली खटिएको छ ।

यसैगरी काभ्रेको पनौती नगरपालिका-११ थुम्की भन्ने स्थानमा पहिरोले  घर पुरिँदा ५ जना बेपत्ता भएको  खबर  छ । विपद् उद्धार बेस पनौतीबाट १५ जनाको टोली उद्धारका लागि खटिएको छ ।

यस्तै धनकुटाको पख्रिबास नगरपालिका-५ स्थित गुराँसे बस्ने सन्तोष तामाङको कच्ची घर पहिरोले पुरिँदा उनीको श्रीमती ३२ वर्षीया आशा तामाङ र आमा ५० वर्षीया राम कुमारी तामाङ बेपत्ता भएका छन् ।

नम्बर ६ गुल्म धनकुटाबाट खाटिएका १३ जना तथा नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीद्वारा उद्धार कार्य भइरहेको छ ।

  • १२ आश्विन २०८१, शनिबार ०८:०७ प्रकाशित