सहकारी अपचलन मुद्दामा पूर्व डीआइजी जोशी पक्राउ, पोखरा ल्याउने तयारी

केन्द्रभाग मिडिया

 

पोखरा ।

सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ परेका छन् । उनलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यलयका एक जना उच्च अधिकृतले जानकारी दिए। प्रहरीबाट अवकाश पाएका जोशीलाई पोखरा ल्याउने तयारी छ। उनी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अपचलन भएको सहकारी छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राई, लामिछाने र जोशी व्यापारिक साझेदार हुन् ।

  • ६ आश्विन २०८१, आईतवार १८:५६ प्रकाशित