कांग्रेस सभापतिमा देउवा विजयी

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसको सभापतिमा पुनः शेरबहादुर देउवा विजयी भएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा बुधबार बिहान साढे २ बजे सकिएको मतगणनाअनुसार देउवाले प्रतिस्पर्धी शेखर कोइरालालाई ८७८ मतको अन्तरले पराजित गर्दै सभापतिमा विजयी भएका हुन् ।

उनले कूल खसेको ४६२३ मतमध्ये २७३३ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कोइरालाले १८५५ मत ल्याए । ३५ मत बदर भए ।

कांग्रेस सभापतिका लागि पहिलो चरणमा पाँच जना उम्मेद्वार रहेपनि कुर्न उम्मेद्वार ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा भएको थियो।
पहिलो चरणमा सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङ उम्मेदवार थिए ।

पहिलो चरणमा ४६८१ मत खसेको थियो । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्न राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतदान गरिएको थियो ।सभापतिबाहेक अन्य पदाधिकारी र सदस्यहरुको मत गन्न बाँकी छ।

  • २९ मंसिर २०७८, बुधबार ०५:५६ प्रकाशित