पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा रहेको छ ।
आज पाउण्ड एकको खरिददर १७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७४ पैसा छ । यस्तै युरो एकको खरिददर १४८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४३ पैसा थियो । १० जापानी येनको खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७९ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६८ पैसा र बिक्री दर ३६ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६५ पैसा रहेको छ ।















